काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार भएको खेलमा आर्मी विजय भएकोछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन सेर्पालाई २-१ ले पराजित गर्दै आर्मी विनय भएको हो ।
आर्मीको जितका लागि राष्ट्रय टोलीका कप्तान समेत रहेका भरत खवास नायक बने । उनले आर्मीको जितका लागि दुई गाल गेका थिए । हिमालयनका लागि विदेशी खेलाडी उल्रिच सिवेले एक गोल फर्काएका थिए ।
पहिलो हाफमा कप्तान भरत खवासको गोल मार्फत आर्मीले १-० को अग्रता लिएको थियो । उनले खेलको ३५ औं मिनेटमा हेडरमार्फत उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा दुबै टोलीबाट गोलका सुन्दर अवसरहरु खेर फालेका थिए । त्यसपछि दोस्रो हाफमा आर्मी अग्रता दोब्बर गर्न सफल भएको । खेलको ८५ औं मिनेटमा भरतले व्यक्तीगत दोस्रो गोल गर्दै टोलीकाके अग्रता दोब्बर पारेका थिए ।
उनले दिनेश हेन्जनको पासमा गोल गरेका थिए । त्यसको २ मिनेट नबित्दै हिमालयनका उल्रिचले गोल गर्दै खेलमा फर्किने संकेत दिएका थिए । तर, खेलके अन्तिम मिनेटसम्म थप गोल गर्न नसक्दा हिमालयन पराजित हुन पुगेको हो ।
यसजितसँगै आर्मीले लिगमा ५ खेल खेल्दै १३ अंक जोडोर दोस्रो स्थानमा उक्लको छ । यता हिमालयनको भने यो पहिलो हार हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४