शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसिया प्यासिफिक सम्मेलनविरुद्ध कांग्रेसको प्रस्ताव

एसिया प्यासिफिक सम्मेलनविरुद्ध कांग्रेसको प्रस्ताव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपाली कांग्रेसले काठमाडौंमा जारी एसिया प्यासिफिक समिटमा राज्य स्रोतको व्यापक दुरुपयोग भएको भन्दै विरोध गरेको छ । कांग्रेस केन्द्रीय समितिको आजको बैठकले विरोध प्रस्ताव पारित गरेको हो ।

‘खास धार्मिक आस्थामा आधारित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको बजेट र साधानको प्रयोग हुनु संविधानको मर्म र भावनासमेतको विपरीत रहेको हाम्रो ठहर छ’, प्रस्तावमा भनिएको छ’, नेपाली कांग्रेस सरकारको यस्तो संलग्नता र राज्यको साधनस्रोतको दुरुपयोगको घोर भत्र्सना गर्दछ ।’

त्यस्तै कांग्रेसले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आउनु सुखद भएपनि भड्किलो प्रचार शैलीले सबैलार्इ भ्रम छरेको निर्ष्कस निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा योगदानमा आधारित समाजिक सुरक्षा ऐन संसदबाट पास भएर राष्ट्रपतिबाट प्रमाणित भएको स्मरण गर्दै कांग्रेसले सफल कार्यान्वयन गर्न आग्रह गरेको छ । 

कांग्रेसको केन्द्रीय कार्यसमितिले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘यसको सफलता भड्किलो शैलीको झुटो प्रचारले होइन, परिपक्व र जिम्मेवार ढंगको व्यवस्थापकीय कुशलताबाट सम्भव हुने व्यवहारिक यथार्थप्रति नेपाली कांग्रेस नेपाल सरकारलाई सचेत गराउन चाहन्छ ।’

सरकारले नयाँ युग भनेको तर्फ इंगित गर्दै कांग्रेसले ऐन संसदबाट पारित भएको दिन, राष्ट्रपतिबाट प्रमाणित भएको दिन वा तामझाम गरिएको मंसिर ११ वा कार्यान्वयनमा आउने २०७६ साउन १ कुन नयाँ युग हो भनेर प्रश्न गरेको छ । नयाँ युगको संज्ञा सरकारको बढ्दो अलोकप्रियता ढाक्न खोजिएको पातलो पछ्यौरी मात्र भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनले श्रमिकको हितका लागि ल्याइएको कार्यक्रमको प्रचार नै गर्नु पर्दा श्रमिकको तस्वीर कहीँ प्रयोगमा नल्याइनु तर, पार्टीगत चुनावी प्रचारमा जस्तै गरेर प्रधानमन्त्री तस्वीरलाई ‘चौतारीमा राजा भेटिए’ शैलीमा यत्रतत्र–सर्वत्र टास्नुले नयाँ युग नल्याउने पनि बताए ।

हेर्नुहोस् कांग्रेसले पारित गरेको प्रस्ताव


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।