काठमाडाैं - वैदेशिक रोजगार कार्यालय ताहाचलमा आइतबारदेखि अनलाइन टोकन सेवा सुरु भएको छ। श्रम स्वीकृति लिन आउने श्रमिक कामदारलाई सहज सेवा दिन भन्दै कार्यालयले टोकन प्रणाली सुरु गरेको हो।
टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरण गरिनेछ। वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुने विभागले जनाएको छ।
पहिलेदेखिनै टोकन प्रणाली लागू गरिएपनि त्यो व्यवस्थित नभएको भन्दै कार्यालयका शाखा अधिकृत तीर्थराज कट्टेल काम गर्न आउने सेवाग्राहीलाई दुःख नहोस भन्ने सोचका साथ यो व्यवस्था लागू गरिएको बताए ।
एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीअन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा एकैद्वारबाट पाउने वैदेशिक रोजगार कार्यालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४