शुक्रबार, पुस ४, २०८२

३० बैंक तथा वित्तीय संस्थाले एकैदिन तिरे ११ अर्ब कर

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

ठूला करदाता कार्यालयले मर्जर, प्राप्ति र एफपिओको लाभबाट हुने लाभकर अन्तर्गत एकैदिन ११ अर्ब तीन करोड रुपैयाँ राजस्व प्राप्ति गरेको छ। शुक्रबारमात्रै ३० बैक तथा वित्तीय संस्थाले यो कर बुझाएका हुन्। 

National life

आइपिओ वा एफपिओबाट उठाएको पैसा पुँजी भएको तर लाभ नभएको जिकिर गरेर अदालत गएका बैंकहरूले अदालतले रिट खारेज गरिदिएपछि जरिवाना र ब्याजबाट बच्नको लागि शुक्रबार यस्तो कर बुझाउन थालेका हुन्।

मंसिर मसान्तसम्म यस्तो रकम दाखिला गरे ब्याज र जरिवाना नलाग्ने सुविधा दिइएको छ। यस कारण कम्पनीहरूलाई शनिबारसम्म यस्तो रकम बुझाइ सक्नुपर्ने बाध्यता छ। यसका लागि शनिबार पनि कर कार्यालय खुला हुने भएको छ।
मंसिर मसान्तभित्र कर तिर्दा मर्जर तथा प्राप्तिबाट भएको लाभ र सेयर प्रिमियमबाट भएको लाभको आधारमा मात्रै कर तिरे पुग्छ। ब्याज र जरिवाना तिर्नु पर्दैन। 

तर यो समयसम्म कर नबुझाएमा जरिवाना र ब्याजका कारण दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अनुमान गरिएको छ। आइपिओ वा एफपिओबाट उठाएको पैसा पुँजी भएको तर लाभ नभएको जिकिर गरेका १६ बैंकहरूले हालेको रिट शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजालसले खारेज गरेको थियो। 

प्रकाशित: Dec 16, 2023| 06:12 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्