सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • स्थानीय अर्थतन्त्र बलियो बनाउन एडिबीको १६ अर्ब ६० करोड सहयोग

स्थानीय अर्थतन्त्र बलियो बनाउन एडिबीको १६ अर्ब ६० करोड सहयोग

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

काठमाडौं- नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंक (एडिबी)ले १६ अर्ब ६० करोड रुपैयाँको वित्तीय सहायता उपलब्ध गराउने भएको छ।

triton college

पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त वित्तीय ‘प्याकेज’ एडिबीले आज स्वीकृत गरेको हो।

जलवायु एवं प्रकोप प्रतिरोधी सहरहरू निर्माण गरि नेपालको स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन र दिगो आर्थिक विकास गर्ने नेपालको सरकारको रणनीतिमा सघाउन उक्त प्याकेज स्वीकृत गरिएको एडिबीले जनाएको छ।

उक्त वित्तीय प्याकेजअन्तर्गत ६० करोड रुपैयाँ अनुदान सहायता हो। सहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित नगरपालिकाले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्नेछन्।
 

प्रकाशित: Dec 15, 2023| 09:45 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्