काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका ६ दशकिलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
आइतबार बिहान धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ३६ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा परि मोरसाइकल चालक धादिङ गजुरी गाउँपालिकाका ५५ वर्षीय नारायणकाजी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार सोही ठाउँमा बस्ने ४२ वर्षीय धनकुमारी घाइते भएकी छन्। घाइतेको धाक्रेस्थित गणेशमान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४