काठमाडौं- मिस नेपाल शृंखला खतिवडा चीनमा जारी मिस वर्ल्ड प्रतियोगिताको अन्तिम ३० मा पुग्न असफल भएकी छिन् ।
शनिबार बेलुका भएको हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणबाट बाहिरिएसँगै उनी अन्तिम ३० मा पर्न असफल भएकी हुन् । पहिलो चरणमा समूह विजेता बनेकी मिस नेपाल शृङ्खला शनिबार बेलुका भएको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेहसँग पराजित भइन् ।
हेड–टू–हेड च्यालेन्जमा पराजित भएसँगै अन्तिम ३० मा पर्न असफल भएकी शंखृलाको सम्भावना भने अझै जीवितै छ । उनी मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधा जितेर अन्तिम ३० मा पर्न सक्ने छिन् । यो बिधामार्फत पनि अन्तिम ३० मा परिनन् भने उनको विश्व सुन्दरी प्रतियोगिताको यात्रा समाप्त हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४