बुधबार, वैशाख २, २०८३

फोनपेको सञ्चालक समिति अध्यक्षमा जोशी

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

National life
kumari

काठमाडौं- फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी नियुक्त भएका छन्। जोशीले बुधबार नेपाल राष्ट्र  बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्राबाट शपथ लिई पदावली गरेका छन्।

यसअघि उनी फोनपेको स्वतन्त्र सञ्चालकका रूपमा आबद्ध थिए। जोशी जोखिम व्यवस्थापन, रणनीतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरका रूपमा परिचित थिए। करिब दुई दशकभन्दा बढी समय उनी नेपालको प्रमुख बैंकिङ संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।

जोशीले फोनपे जस्तो संस्थाको अध्यक्षका रुपमा काम गर्न पाउँदा आफुलाई निकै खुसी लाग्नुको साथसाथै नयाँ अनुभव समेत हुने बताए।

प्रकाशित: Dec 14, 2023| 15:43 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्