बुधबार, चैत १८, २०८२

नेयमार भित्र्याउन बार्सा र रियल दौडमा, पिएसजीले तोक्यो मुल्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- ब्राजिल तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार खेलाडी नेयमार अर्को सिजन आफ्नो पुरानो कलब बार्सिलोना फर्किने भएका छन् । स्पेनिस मिडियामा प्रकाशित रिपोर्टअनुसार नेयमारलाई अन्य क्लबमा अनुबन्धित हुन पिएसजील अनुमति दिएको समाचार बाहिरिएको छ । 

नेयमार बार्सिलोना फर्कन तयार भएसँगै पिएसजी पनि उनलाई बेच्न तयार भएको समाच प्रकासित भएको छ ।  अन्तराष्ट्रिय समाचारका अनुसार पछिल्लो पटक नेयमार र क्लबका अधिकारीबीच क्लब छोड्ने बिषयमा भएको छलफलमा दोहोरो समझदारी बनेको हो ।

जहाँ नेइमारले यो सिजनपछि पिएसजी छाडेर स्पेन फर्किन वा अन्यत्र जान सक्ने छन् । पिएसजी नेयमारलाई छोड्न तयार भएसँगै उनको मुल्य पनि तोकेको छ । नेयमारलाई अनुबन्ध गर्न चाहने क्लबल अब पिएसजीलाई २०० मिलियन युरो तिर्नु पर्ने छ । 

यसअघि बार्सिलोनाबाट क्लबमा भित्र्याउदा पिएसजीले २ सय २२ मिलियन युरो तिरेको थियो । तर, अहिले पिएसजी फेयर प्लेको नियममा बाँधिँदै नेइमारलाई खरिद गरेको मूल्यभन्दा कममै बेच्न तयार भएको हो । 

पछिल्लो समय बार्सिलोनाले पनि आफ्नो पूर्वस्टार खेलाडी नेयमारलाई पुनः क्याम्प नोउ फर्काउन चासो देखाएको खबर सार्वजनिक भइरहेका छन् । तर, अहिले नेइमारका लागि बार्सिलोना मात्रै नभएर रियल मड्रिड पनि दौडमा छ । 

रियलका अध्यक्ष फ्लोरेन्टो पेरेजले आगामी सिजनमा नेइमार भित्र्याउन विशेष योजना बनाइरहेका छन् । रिपार्टअनुसार बार्सिलोनाले आफ्ना टोलीका सदस्य उसामान डेम्बेले बेचेर नेइमारलाई पर्काउने योजना बनाएको समाचर प्रकासित भएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।