सोमबार, असार २२, २०८३

एक महिनामा भित्रियो ४ खर्ब ७७ अर्ब रेमिट्यान्स

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

काठमाडौं- चालु आर्थिक वर्षको कात्तिक महिनामा रेमिट्यान्स २६.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ७७ अर्ब ९६ करोड भित्रिएको छ। राष्ट्र बैंकले बिहीबार चार महिने समीक्षा अवधिको तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २०.४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो।

सो अवधिमा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १३७,४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८,८४१ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १९६,७३५ र ८७,४२८ थियो।

 

प्रकाशित: Dec 14, 2023| 14:17 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्