बुधबार, वैशाख २, २०८३

डलर अहिलेसम्मकै महँगो

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

National life
kumari

काठमाडौं- अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३३.७५ रुपैयाँ तोकेको छ। खरिददर १३३.१५ रुपैयाँ पुगेको छ।

पछिल्ला केही महिनायता डलरको भाउ निरन्तर उकालो लागिरहेको छ। डलर बलियो वा कमजोर बन्दा नेपाली मुद्रामा प्रत्यक्ष असर भने पर्दैन। तर त्यसको असर भारतीय मुद्रामा पर्ने र भारुको असर नेपाली मुद्रामा पर्ने हो। नेरु र भारुबीच स्थिर विनिमय दर छ। नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ। यसकारण भारुको विनिमय दर घटबढ भए पछि नेरु पनि प्रत्यक्ष प्रभावित हुँदै आएको छ। 

डलर बलियो बन्दा नेपाललाई बढी लाभ रेमिट्यान्स आप्रवाहमा पर्छ। डलर बलियो हुँदा रेमिट्यान्स बढ्छ भने रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ। डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन्। डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ।
 

प्रकाशित: Dec 14, 2023| 09:13 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्