शुक्रबार, पुस ४, २०८२

२० प्रतिशत छुटमा धान आयातको व्यवस्था मिलाइदिन माग

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

काठमाडौं- नेपाल चामल तेल दाल उद्योग संघले २० प्रतिशत भन्सार छुटमा १० लाख मेट्रिक टन धान आयात गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ। 

National life

मंगलबार अध्यक्ष कुमुदकुमार दुगडको नेतृत्वमा गएको संघको ‘डेलिगेसन’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतसँग भेट गरी सो आग्रह गरेका हुन्।

दुगडले स्वदेशी चामल मिलहरूको हालको अवस्था र धानको पर्याप्तता सम्बन्धमा जानकारी गराएका हुन्। 

नेपालमा मसिनो धानको उत्पादन कम हुने भएकोले वर्षभरीको लागि कम्तीमा पनि लगभग १० लाख मेट्रिक टन मसिनो धान नपुग हुने जानकारी गराएको पनि बताइएको छ।

नेपालमा उत्पादन हुने धानले मात्र यहाँको मागलाई धान्न नसक्ने हुँदा भारतबाट धान आयात गर्नुपर्ने नेपालको बाध्यता कायम रहेको संघको भनाइ छ।

Laxmi sunrise bank
kumari

भारत सरकारले निकासीमा २० प्रतिशत भन्सार महसुल लगाउँदा त्यसको प्रत्यक्ष असर नेपाललाई परेको पनि संघको भनाइ छ।

'भारतले धान निकासीमा २० प्रतिशत भन्सार महसुल लगाएको छ भने नेपाल भन्सारमा पाँच प्रतिशत कृषि सुधार शुल्क लाग्छ। अब चामल आयातमा २५ प्रतिशत भन्सार महसुल लाग्ने भएकोले भारतबाट सहुलियत दरमा धान ल्याउन सकिएन भने चामलको मूल्य आकासिने सम्भावना छ। अरबौँको लगानीमा स्थापना भएका दैनिक जीवनमा अत्यावश्यक खाद्य वस्तु चामलको नेपाली उत्पादन बन्द हुने अवस्था त छँदैछ आमउपभोक्ता समेत ठूलो मारमा पर्ने भएकोले स्वदेशी चामल उद्योग संरक्षण गरीदिन अनुरोध गर्दछौँ,'संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।   

प्रकाशित: Dec 13, 2023| 21:00 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्