एजेन्सी- ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिडले भ्यालेन्सियालाई पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबाउमाभएको खेलमा रियलले भ्यालेन्सियालाई २-० ले पराजित गरेको हो ।
रियलले एक गोल आत्मघाती उपहार पाएको थियो भने एक गोल लुकास भाज्केजले गरेका थिए । रियलले भ्यालेन्सियाविरुद्ध अग्रता बनाउन भ्यालेन्सियाकै ड्यानीएल वासले आत्मघाती गो उपहार दिएका थिए ।
उनले खेलको ८ औं मिनेटमा नै आत्मघाती गोल उपहार दिदै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । वासले ड्यानी कार्भाजलको क्रसलाई क्लियर गर्न खोज्दा उनको हेडर आफ्नै पोस्टमा छिरेको थियो ।
पहिलो हाफमा १-० को अग्रता लिएको रियलले दोस्रो हाफमा थप गगोल गर्न निकै नै संर्घष गर्नु परेको थियो । खेलको ८३ औं मिनेटमा रियलका लुकास भाज्केज्को गोल गरे । उनर्ले बेन्जेमाले दिएको पासलाई सहि सदुपयोग गर्दै गोलरक्षकलाई बिट गर्दै अग्रता दोब्बर गरेका थिए ।
पछिल्लो खेलमा एइबारविरुद्ध ३-० को हार बेहोरेपछि निकै दबाबमा रहेका रियल प्रशिक्षक सान्टियागो सोलारीलाई यस जितले केहि राहत मिलेको छ । रियल १४ खेलमा २३ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४