बुधबार, वैशाख २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा ल्याएको छ।

National life

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको उद्घाटन गर्दै टीएमएसमार्फत धितोपत्र खरिद सेवा सुरु गरेका हुन्।

उद्घाटनसँगै जेबीएनएल सेक्युरिटिज लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी सेवा सुरु गरिएको हो। अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यवसायिक सफलताको कामना गर्दै धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत कम्पनीले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताए।

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा कम्पनी उदाहरणीय हुने बताए।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारको लागि इजाजत प्राप्त कम्पनी नयाँ बानेश्वर शंखमूल मार्गमा र नेपाल स्टक एक्सचेञ्जको धितोपत्र दलाल सदस्य नं ८९ रहेको छ।

kumari

प्रकाशित: Dec 13, 2023| 13:34 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्