बुधबार, वैशाख २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकले एकैसाथ सञ्चालनमा ल्यायो ४ नयाँ शाखा

ग्लोबल आइएमई बैंकले एकैसाथ सञ्चालनमा ल्यायो ४ नयाँ शाखा

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

काठमाडौं- ग्लोबल आइएमई बैंकले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ।

National life

कम्पनीले काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका–५, बुढानीलकण्ठ, काठमाण्डौकै चन्द्रागिरि नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

कम्पनीले ३५५ शाखा, ३७६ वटा एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी, कम्पनीले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ।

 

kumari

प्रकाशित: Dec 13, 2023| 13:32 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्