बुधबार, चैत १८, २०८२

सिटीको अपराजित यात्रा कायमै, बर्नमाउथलाई ३-१ ले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा सिटीले बर्नमाउथलाई ३-१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखको हो । 

सिटीको जितका लागि बर्नार्डो सिल्भा, रहिम स्टरलिङ र इल्काए गुन्डोगनले एक एक गोल गरे । सिटीले बर्नार्डो सिल्भाको गोल मार्फत खेलमा अग्रता लिएको थियो । उनले खेलको १६ औं मिनेटमा गोल गरेका थिए । 

तर, बर्नमाउथका लागि पहिलो हाफको अन्तिम मिनेटमा क्यलम विल्सनले गोल गोल गर्दै खेल बराबरीमा ल्याए । साइमन फ्रान्सिसको क्रसमा क्यलम विल्सनले ४४ औं मिनेटमा गोल गरेका थिए । 

दोस्रो हाफमा आक्रमक देखिएको सिटीले थप दुई गोल गर्यो । रहिम स्टरलिङले ५७ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता २-१ परे । त्यसपछि खेलको ७९ औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीको जित पक्का गरे । 

यस जितसँगै सिटीको १४ खेलमा १२ जित र २ बराबरसँगै ३८ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलले १३ खेल खेल्दै ३३ अंक जोडेको छ । लिग अन्तर्गत नै शनिबार अन्य खेलमा वेस्ट ह्याम युनाइटेडले न्यूक्यासल युनाइटेडलाई ३-० ले पराजित गर्दा क्रिस्टल प्यालेसले बर्नलीलाई २-०, कार्डिफ सिटीले वल्भरह्याम्प्टन वन्डरर्सलाई २-१,  ब्राइटन एन्ड होभ आल्बियनले हडर्सफिल्ड टाउनलाई २-१ तथा लेस्टर सिटीले वाटफोर्डलाई २-० ले पराजित गरे ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।