बुधबार, वैशाख २, २०८३

इसेवाबाट भुक्तानी गर्दा निरज थापाले पाए मोटरसाइकल

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

काठमाडौं- इसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा बम्पर उपहारमा धादिङका निरज थापा मगरले ३५० सीसीको मोटरसाइकल जित्न सफल भएका छन्। विजेता थापालाई मंगलबार नै उक्त मोटरसाइकल हस्तान्तरण गरिएको हो।

National life

इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता निरज थापा मगरलाई मोटरसाइकल हस्तान्तरण गरे। मोटरसाइकल हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए।

चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि, सबै इसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इसेवा वालेटमा आफ्नो बैंक खाता लिंक गरी कारोबार गर्नका लागि सुझाएका थिए। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले भाद्र २० देखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो।

यस अफरमा इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा  बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए। हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन्।

 

kumari

प्रकाशित: Dec 13, 2023| 13:30 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्