शुक्रबार, वैशाख २१, २०८१

यस्तो छ देशको आर्थिक अवस्था [पूर्णपाठ]

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले देशको आर्थिक गतिविधि क्रमश: चलायमान भएको बताएका छन्। बुधबार देशको आर्थिक अवस्थाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पूँजीगत खर्चतर्फ करिब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी दिए।

triton college

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको उच्चस्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश: खुकुलो बनाउँदै लगिएको समेत उनले बतनाएका छन्। भने, मौद्रिक नीतिको समीक्षाबाट महत्वपूर्ण परिवर्तन भएको उनको दाबी छ।

देशको वर्तमान आर्थिक अवस्था र परिणामहरू जानकारी गराउँदै मन्त्री महतले भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको उल्लेख गरेका छन्।

त्यस्तै, वित्तीय क्षेत्रतर्फ मौद्रिक नीति मार्फत नीतिगत दर, बैंक दर र निक्षेप संकलनको बोलकबोल दर घटाएको र जसबाट ब्याजदर क्रमश घट्दै गएको उनको भनाइ छ। २०८० असोज मसान्तसम्म चालू खाता ५९ अर्ब ले बचतमा रहेको, ९९ अर्बले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड रहेको तथ्यांक पनि महतले पेश गरेका छन्।

corrent noodles
Metro Mart

 

प्रकाशित: Dec 13, 2023| 14:12 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्