एजेन्सी- शनिबार राति भएको खेलमा युभेन्टसले फिओरेन्टिनालाई पराजित गर्दै सिरी ए मा अपराजित यात्रा काएमै राखेको छ । फिओरेन्टिनाको घरेलु मैदानमा ३-० को सहज जित निकाल्दै अपराजित यात्रा कायम राखेका हो । यस जितसँगै लिगको शिर्षस्थानमा युभेन्ट्सले११ अंकको अग्रता बनाएको छ ।
युभेन्टसको जितका लागि रोड्रीगो बेनटान्कुर, जिओर्जियो किएलिनी र रोनाल्डोले एक एक गोल गरे । पहिलो हाफमा १-० को अग्रता लिएको युभेन्टसले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
युभेन्टसले पहिलो हाफको ३१ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । युभेन्टसलाई सुरुवाती अग्रता रोड्रीगो बेनटान्कुरले दिलाए । उनले पाउलो डिबालासँग वन टु पासको सदुपयोग गर्दै पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गरेका थिए ।
६९ औं मिनेटमा कप्तान जिओर्जियो किएलिनीले गोल गर्दै अग्रता दोब्बर पारे । रोनाल्डोले ७९ औं मिनेटमा पाएको पेनाल्टीलाई कुनै गल्ती नगर्दै गोलमा परिणत गरे । उनको गो लिगमा १० औं गोल हो ।
शनिबारै भएको लिगको अन्य खेलमा एसपीएएल र एम्पोलीको खेल २-२ को बराबरी खेले । त्यस्तै साम्पडोरियाले बोलोग्नालाई ४-१ को फराकिलो अन्तरले पराजित गर्यो । साम्पडोरियाको जितमा अनुभवी फरवार्ड फाबियो क्वाग्लियारेल्लाले २ गोल गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४