शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'प्रधानमन्‍त्री चर्चको प्रशंसा र हानको सम्मानमा व्यस्त'

'प्रधानमन्‍त्री चर्चको प्रशंसा र हानको सम्मानमा व्यस्त'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले एसिया प्यासिफिक समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले चर्चको प्रशंसा गरेको विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर दैनिकले यसै विषयलाई मुख्य समाचार बनाउँदै चर्चको प्रशंसा, हानको सम्मान शीर्षकमा मुख्य समाचार छापेको छ । हक जा हानलाई साक्षत शान्तिको दूत र भगवान भएको भन्दै उच्च सम्मान दिइएको छ ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको एसिया प्यासिफिक समिटमा ५० देशका १५ सयभन्दा धेरै सहभागी भएका छन् । हानलाई ईश्वरको एक मात्र अवतार भन्दै सबैले उठेर सम्मान गरेका छन् । प्रधानमन्त्री ओली तीन दिनदेखि उनकै सम्मानार्थ सोल्टी होटलमा बसिरहेको समाचारमा उल्लेख छ । 

आजको नागरिक र अन्नपूर्ण पोस्ट्ले पनि यो विषयलाई महत्वका साथ प्रकाशित गरेको छ । अन्नपूर्णले अतिवादविरुद्ध सहकार्य गरौं भनेर प्रधानमन्त्री ओलीले बोलेको विषयलाई समाचार बनाएको छ भने प्रधानमन्त्रीले सोही कार्यक्रममा नेपालको शान्तिप्रक्रियाका बारेमा बोलेको विषयलाई विशेष समाचार बनाएको छ ।

यो विषय बाहेक आजको कान्तिपुरले बंगलादेशका ३७ मेडिकल कलेज कालोसूचिमा परेपछि त्यहा अध्ययन गर्दै आएका ६ सय नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको र कर्मचारी समायोजन अध्यादेश जारी गर्न लागिएको विषयलाई पनि विशेष महत्वका साथ छापेको छ । 

आजको अन्नपूर्णले भने वनभोजमा सरकारी गाडी प्रयोग भएको विषयलाई मुख्य समाचार बनाएको छ । मकवानपुरको त्रिखण्डीमा शनिबार विद्युत प्राधिकरणका कर्मचारीहरु संस्थानकै गाडी बोकेर बनभोज खान पुगेको समाचारमा उल्लेख छ । यस्तै नागरिक दैनिकले भने स्थानीय सरकार बनेपछि तराईका ग्रामिण बस्तीहरुमा विजुली पुगेको विषयलाई प्राथमिकताका साथ छापेको छ। 

आजको नयाँ पत्रिकाले भने नेपालका सबै सार्वजनिक संस्थानहरु कस्तो अवस्थाबाट गुज्रिरहेका छन् भन्ने यथार्थ सार्वजनिक गर्दै यसैलाई मुख्य समाचार बनाएको छ । 'सार्वजनिक संस्थान : न बिलाए, न मौलाए' शीर्षकमा खबर लेख्दै उसले सरकारले चलाउन नसकेको संस्थानलाई  साढे ६ अर्ब दाहित्व बाँकी रहदा पनि खारेज गर्न नसकेको उल्लेख गरेको छ ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।