शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मृतक र घाइतेका परिवारलाई नगर प्रमुखद्वारा राहात वितरण

मृतक र घाइतेका परिवारलाई नगर प्रमुखद्वारा राहात वितरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

डोटी- डडेल्धुराको अमरगढी नगरपालिका-११ रडुवा खोलामा मंशिर ६ गते भएको दुर्घटनाका मृतक र घाइतेका परिवारलाई शुक्रबार र शनिबार शिखर नगरपालीका डोटीले राहात वितरण गरेको छ । 

शिखर नगर पालिकाका नगर प्रमुख सीता राम जोशीले शिखर नगरपालीकामा बसोबास गर्ने मृतक तथा घाइतेका परिवारको घरमा गएर राहात वितरण गरेका थिए ।
 
शिखर नगर भित्र घर भएका ९ जना मृतक र  १६ जना घाइते भएका परिवारलाई राहत दिने नगरपालिकाको निर्णय अनुसार शुक्रबार र शनिवार घरमा गएर राहत बितरण गरेको प्रेस सल्लाहाकार बलायरले जानकारी दिए । 
शिखर नगर भित्र घर भएका १६ जना घाइतेको नामावली
 
नगर पालिकाले मृतकका परिवारलाई जनही ३० हजार प्रदान गरेको छ । त्यस्तै घाइते भएकाहरुलाई उपचार खर्च स्वरुप जनही १५ हजार राहात वितरण गरेको छ । डडेल्धुरामा रहेको उग्रतार मेला हेरेर घर फर्किने क्रममा रडुवामा भएको से १ क २९३ नम्बरको स्कुल वस दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए ।

शिखर नगर भित्र घर भएका ९ जना मृतकको नामावली
 
मृतक र घातेलाई राहत बिरण तथा भेट घाटमा कार्यक्रमा पुर्व सांसद कल्पना शोप,शिखर नगर पालिकाका प्रसाशकिय अधिकृत धर्म राज विनाडी, वडा ८ का वडा अध्यक्ष सिद्ध बलायर, वडा नम्बर १० का वडा अध्यक्ष मिन बलायर, नेपाल तरुण दलका अध्यक्ष नारायण बलायर, नेपालि कांग्रेस डोटीका जिल्ला सदस्य जित खड्का, महिला नेतृ सिता चोपडा,पार्व्ति चन्द, पत्रकार महासंघ डोटीका अध्यक्ष योगन्द्र बलायर लगायत समाज सेवि, पत्रकार, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।