सुर्खेत– सुर्खेतको कट्कुवामा शनिबार बस दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । मृत्यु हुनेमा लेकबेसी–८ कुइनेपानीकी जानकी दर्लामी, देउकी पुलामी र गाडी चालक रहेका छन् । मृत गाडी चालकको नाम ठेगाना भने खुल्न सकेको छैन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरिबहादुर विसीले जानकारी दिए ।
घाइतेमध्ये २२ जनालाई प्रदेश अस्पताल सुर्खेत र ९ जनाको माया नर्सिङ्ग होममा उपचार भैरहेको छ । सुर्खेतको लेकबेशी ८ नारजलेबाट पिक्निक खानको लागि शनिबार वीरेन्द्रनगर–१४ को कट्कुवामा गएका थिए ।
पिक्निक खाएर फर्कदै गर्दा भे १ ख ८५९ नम्बरको बस साँझ करिव साढे ६ बजेतिर दुर्घटनामा परेको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४