बुधबार, चैत १८, २०८२

स्यान्टु र नवीता च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताको सिंगल्सतर्फ उपाधि जितेका छन् । 

शनिबार राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको फाइनलमा स्यान्टुले एपीएफका अमरलाल मल्ललाई ६-११, ११-७, ११-९, ११-४, ८-११ र ११-७ को सेटमा पराजित गरे । काठमाडौंका चन्दन शाही र एपीएफका शिवसुन्दर गोथे संयुक्त रुपमा तेश्रो भए ।

महिला सिंगल्सको उपाधि भिडन्तमा नविताले टाइम्स इन्टरनेसनलकी रविना महर्जनलाई ११-७, ११-१३, ११-७, ११-८ र ११-३ को सेटमा हराइन् । प्रहरीकी एलिना महर्जन र एपीएफकी सेलिशा खड्गी तेश्रो भए । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५-५ हजार पुरस्कार हात पारे ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि उमेश मानन्धर, ५० वर्षमाथि कपुर शर्मा र ६० वर्षमाथि उदयमोहन श्रेष्ठ पहिलो भए ।

स्कुलतर्फ डबल्सको ब्वाइजमा एन्जल लर्डका स्वीकार लामा र निमेश लिम्बू तथा गल्र्समा ह्वाइटफिल्डकी कृतिका अग्रवाल र दिया मगैयाको जोडी पहिलो भए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।