एजेन्सी- अफ्रिका ‘प्लियर अफ दी इयर’का लागि ३४ खेलाडीको नाम अफ्रिका फुटबल महासंघ -काफ)ले सार्वजनिक गरिएको छ । २०१८ को अफ्रिका ‘प्लियर अफ दी इयर’ अवार्डमा लिभरपुलका स्टार खेलाडी मोहमद सलाहसँगै टिम सहकर्मी नाबी केन्टे पनि मनोनितमा परेका छन् ।
गत बर्षका अफ्रिका ‘प्लियर अफ दी इयर’ विजेता सलहाले गत सिजना क्लब र आफ्नो राष्ट्र इजिप्टका लागि निकैनै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनल सम्म पुर्याउन महत्वपुर्ण भुमिका खेलेका थिए ।
त्यस्तै देशका लागि इजिप्टलाई अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुर्याउन समेत महत्वपुर्ण भुमिका खेलेका थिए । रुस विश्वकप २०१८ का लागि इजिप्टलाई क्वालिफाइ गर्न सलहाले महत्वपुर्ण भुमिका खेलेका थिए ।
यस बर्ष उनी उक्त अवार्डका लागि आफ्नै सहकर्मी नाबी र सेनेगल फरवार्ड मानेसँग प्रतिस्पर्धा गर्ने भएका छन् । २०१६ को उक्त अवार्ड रियाद हर्जले जितेका पथए भने २०१५ मा पिइरेर औबामेङले जितेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४