आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उत्तर प्रदेशका मुख्यमन्त्री योगीको भ्रमण अनौपचारिक?

उत्तर प्रदेशका मुख्यमन्त्री योगीको भ्रमण अनौपचारिक?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-रामजानकी विवाहोत्सको अवसर पारेर भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ २६ मंसिरका दिन जनकपुर पुग्दैछन् । हिन्दु धर्मका प्रचारकका रुपमा समेत परिचित आदित्यनाथ जनकपुुर आउने भएपछि स्वागत गर्न प्रदेश सरकार व्यस्त देखिएको छ । 

आदित्यनाथको जनकपुर भ्रमणलाई दृष्टिगत गरी पटकपटक उच्च सुरक्षा अधिकारीहरुको बैठकसमेत बस्दै आएको छ । भारतीय दूतवासको टोली बेलाबेला जनकपुर पुगेर प्रदेश सरकारका मन्त्री र जानकी मन्दिरका महन्तसँग समेत योगीको जनकपुर भ्रमणबारे छलफल गरेको छ ।

तर, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जनकपुर आउनेबारे प्रदेश २ को सरकारलाई अझै औपचारिक जानकारी आइसकेको छैन् । २६ मंसिर आउन अब केहिदिन मात्र बाँकी रहेको अवस्थामा प्रदेश सरकारले औपचारिक जानकारी नपाएपछि उनको जनकपुर भ्रमण अनौपचारिक त होइन भनेर आंकलनसमेत गर्न थालिएको छ ।

रामजानकी विवाहोत्सवको अवसरमा हरेक पाँच वर्षपछि भारतको अयोध्याबाट जन्ती आउने परम्परा रहेको छ । र, विवाहोत्सवमा जन्तीको रुपमा सहभागी आउन जानकी मन्दिरले अयोध्यामा औपचारिक निमन्त्रणा दिने गरेको छ । तर, यसअघि अयोध्याबाट जन्ती आएको पाँच वर्ष नपुगेकोले जानकी मन्दिरले पनि निमन्त्रणा पठाएको छैन् ।

यसैगरी प्रदेश सरकार र स्थानीय सरकारले समेत मुख्यमन्त्री आदित्यनाथलाई जनकपुर आउन आमन्त्रण गरेका छैनन् । संघीय सरकारले पनि उनको जनकपुर भ्रमणबारे केहि बोलेको छैन् ।

तर पनि आदित्यनाथ रामजानकी विवाहोत्सवको अवसरमा जनकपुर आउँदैछन् । केहि दिनअघिमात्र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ विवापञ्चमीको अवसरमा जनकपुर आउन लागेको जानकी मन्दिरलाई जानकारी गराएका थिए । उनको जनकपुर भ्रमणबारे हालसम्मको औपचारिक जानकारी यतिमात्र हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि आदित्यनाथको जनकपुर भ्रमणसम्बन्धमा औपचारिक जानकारी आएको बारे स्पष्ट पारेका छैनन् । भारतीय टोलीहरु यहाँ पुगेर पटकपटक छलफल गर्ने गरेको र सुरक्षा बैठक भइरहेकोले मुख्यमन्त्री आदित्यनाथ जनकपुर आउने संभावना रहेको उनको भनाइ छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भने विदेशी पाहुना संघीय सरकारलाई जानकारी नदिइ आउन नसक्ने तर्क गरे । मुख्यमन्त्री आदित्यनाथको जनकपुर भ्रमणका लागि आफूहरुको तर्फबाट निमन्त्रणा नदिइएको बताउँदै यादवले संघीय सरकारको परराष्ट्र मन्त्रालयलाई धेरै जानकारी हुनुपर्ने उल्लेख गरे ।

आदित्यनाथको जनकपुर भ्रमणबारे औपचारिक जानकारी नआएपनि उनको स्वागतका लागि प्रदेश सरकार तम्तयार देखिन्छ । जनकपुर झरेपछि विमानस्थलमा प्रदेश सरकारकै कुनै प्रतिनिधिले आदित्यनाथलाई स्वागत गर्ने प्रदेश २ का कानुनमन्त्री यादव बताउँछन् । मन्त्री यादवले पनि उनको जनकपुर भ्रमणबारे औपचारिक जानकारी नआएपनि आफूहरु तयारीलाई तिव्रता दिएको बताए । आदित्यनाथको जनकपुर भ्रमणलाई दृष्टिगत गरी चारै तहको झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको कानुनमन्त्री यादवले जानकारी दिए ।

विवहोत्सवमा सरिक हुन आउन लागेको आदित्यनाथको जनकपुर भ्रमण विशुद्ध रुपले धार्मिकमात्र रहेको बताइएको छ । संघीय र प्रदेश सरकारको निमन्त्रणा बिनै आउने भएकाले उनी दर्शनार्थीको रुपमा मात्र जनकपुर आउन लागेको तर्कसमेत गर्न थालिएको छ ।

मुख्यमन्त्री आदित्यनाथको निजी विमान बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । विमानस्थल झरेपछि आदित्यनाथ सोझै जानकी मन्दिर पुगेर पूजाअर्चना गर्नेछन् । जानकी मन्दिरबाट ‘मधेश भवन’ पुगेर प्रदेश सरकारले उनको सम्मानमा आयोजना गरेको दिवा भोजमा आदित्यनाथ सहभागी हुने छन् । ‘मधेश भवन’ प्रदेश सरकारका मन्त्री तथा सांसदहरुसँग भेटघाट गरी करिब एक घण्टापछि उनी रंगभूमि मैदान पुगेर रामजानकी विवाहोत्सव अन्तर्गत स्वयंभर कार्यक्रममा सहभागी हुने छन् । स्वयंभर कार्यक्रम सम्पन्न भए लगत्तै आदित्यनाथको त्यहि दिन भारत फर्कने कार्यक्रम तय भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।