सोमबार, माघ २८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपामा लफडा: महामन्त्रीले मिल्काए प्रस्तावना, स्वर्णीम र मुकुलले हैसियत देखाएको आरोप

Siddartha premir insuranceSiddartha premir insurance

रास्वपामा लफडा: महामन्त्रीले मिल्काए प्रस्तावना, स्वर्णीम र मुकुलले हैसियत देखाएको आरोप

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

ntc landingntc landing

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा हस्ताक्षरको विषयलाई लिएर लफडा सुरु भएको छ। रास्वपाको राजनीति दस्तावेजको प्रस्तावनामा कहाँ कसले हस्ताक्षर गर्ने कुरालाई प्रतिष्ठाको विषय बनाउँदै विवाद सिर्जना भएको हो। 

himalayan bank box

महोत्तरीको जलेश्वरमा मंसिर ११ देखि १३ गतेसम्म बसेको केन्द्रीय र संसदीय दलको बैठकले ‘नीतिविचार प्रतिनिधिमण्डल’को बैठक बस्ने गरी कार्यतालिका बनाइएको थियो। सोही अनुसार राजनीतिक दस्तावेजको प्रस्तावनालाई अन्तिम रुप दिन १७ जनाको टोलीमा छलफल भएको थियो।

नीतिविचार प्रतिनिधिमण्डलले दुई दिनमा प्रस्तावनालाई टुंगो लगाउन नसकेपछि तेस्रो दिन बिहान पुन बैठक डाकियो। १७ जनामा करिब सहमति भइसकेको प्रस्तावनालाई अन्तिम रुप दिन उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकाल र संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको छुट्टै बैठक बस्यो। तीन नेताले प्रस्तावनालाई टुंगो लगाए। 

रास्वपाका एक नेताका अनुसार प्रस्तावनाको माथिल्लो भागमा ढकाल, वाग्ले र परियारको हस्ताक्षर थियो। महामन्त्री ढकालले प्रतिनिधिमण्डलका अन्य सदस्यलाई प्रस्तावनाको तल्लो भागमा हस्ताक्षर गर्न आग्रह गरे। आफूलाई वरिष्ठ देखाउन माथिल्लो भागमा हस्ताक्षर गरेर अरुलाई कनिष्ठ बनाउन तल्लो भागमा हस्ताक्षर गर्न आदेश दिएको भन्दै अन्य सदस्यहरुले प्रश्‍न गरेपछि रास्वपाको विवाद सिर्जना भएको हो। 

ढकालको आग्रह अन्य सदस्यले स्वीकार गरेनन्। प्रतिनिधिमण्डलका एक सदस्यका अनुसार तीन जनाले हस्ताक्षर माथि गर्नुपर्ने अरुले तल्लो भागमा किन? यो प्रश्न सांसद गणेश पराजुलीले गरेका थिए। उनले महामन्त्री ढकाललाई प्रश्न गरेपछि अरुले पनि साथ दिए।

नीति दस्तावेज निर्माणका लागि गठित प्रतिनिधिमण्डलका एक सदस्य भन्छन्, ‘१७ जनामा सबैको योगदान बराबर हो। तीन जनाले माथिल्लो भागमा हस्ताक्षर गरेर आफ्नो हैसियत बढी देखाउन खोजेपछि विवाद भएको हो।’ विवाद थप बढेपछि महामन्त्री ढकाल चिढिएको उनले बताए। त्यसपछि ढकालले ‘हस्ताक्षर नगर्ने भए नगर्नुस्’ भन्दै पाना भुइँमा मिल्काएका थिए।

प्रस्तावनाको पृष्ठमा तल–माथि जहाँ पनि हस्ताक्षर गर्ने गरी सबैलाई आग्रह गरिएको भए विवाद नै नहुने प्रतिनिधिमण्डलका ती सदस्यको तर्क छ। तीन जनाले माथि नै गर्नुपर्ने र अरुले तल हस्ताक्षर गर्नुपर्ने बाध्यकारी भए हस्ताक्षर नगर्ने केही नेताले अडान लिए। 

बाँकी १४ जनामध्येबाट एक जनाले मात्रै भए पनि राजनीतिक दस्ताबेजको माथिल्लो भागमा हस्ताक्षर गर्नुपर्ने अडान राखेका थिए। अन्तिममा चार जनाको हस्ताक्षर माथिल्लो भागमा र बाँकी १३ जनाको हस्ताक्षर प्रस्तावनाको तल्लो भागमा भयो। माथिल्लो भागमा हस्ताक्षर गर्ने अर्का व्यक्ति सहप्रवक्ता रमेश प्रसाईं थिए।

दस्तावेज निर्माणका लागि पार्टीले बनाएको प्रतिनिधिमण्डलमा उपसभापति वाग्ले, महामन्त्री ढकाल, तीन सहमहामन्त्रीहरु कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ, विपीनकुमार आचार्य, सहप्रवक्ता मनिष झा र रमेश प्रसाईं छन्। साथै संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, नेताहरु शिशिर खनाल, सोविता गौतम, डा. तोसिमा कार्की, गणेश कार्की, हरि ढकाल, कमल सुवेदी, गणेश पराजुली, क्रान्तिशिखा धिताल र शंकर श्रेष्ठ छन्।

‘नयाँ युगको संकल्प’ नाम दिइएको राजनीतिक दस्तावेज पार्टी स्थापना दिवस (असार ७ ) मा सार्वजनिक गर्ने तयारी गरिए पनि विवादका कारण रोकिएको थियो। पार्टीको वैचारिक/राजनीतिक दृष्टिकोण, प्रदेश संरचना लगायतमा विवाद भएको थियो।

प्रकाशित: Dec 10, 2023| 16:50 आइतबार, मंसिर २४, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्