बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नौ मिनेटमै नेप्से १११ अंकले बढेपछि सेयर कारोबार बन्द

नौ मिनेटमै नेप्से १११ अंकले बढेपछि सेयर कारोबार बन्द

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

काठमाडौं- नेप्से परिसूचक आज एकै दिन उच्च अंकले बढेको छ। आज १११ बिन्दुले बढेपछि तेस्रो सर्किट ब्रेक लागेर बजार बन्द भयो।

National life

१२ बजेर ९ मिनेटमा तेस्रो सर्किट ब्रेक लागेपछि तीन घण्टाअघि नै आजलाई बजार बन्द गरिएको छ। साविक दिनमा ४ घण्टा हुने कारोबार यस दिन जम्मा ७ मिनेट कारोबार हुन पायो।

नेप्से परिसूचक करिब साढे तीन महिनायताकै उच्च बिन्दुमा आइपुगेको छ। बजार बन्द हुँदा नेप्से १९६३.९३ बिन्दुमा आइपुगेको छ। २०८० भदौ १८ गते नेप्से १९६७.९७ बिन्दुमा थियो। आइतबार त्यसयताकै उच्च बिन्दुमा नेप्से आइपुगेको हो।

बजार खुलेदेखि नै उत्साहजनक रुपमा बढेपछि यस दिन तीन पटकसम्म सर्किट ब्रेक लागेको हो। बजार खुलेको ५ मिनटमै ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। पहिलो सर्किट ब्रेक लागेर खुलेको एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ र जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

Laxmi sunrise bank
kumari

शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएको थियो। यससँगै लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह भएकाले बजार हौसिएको हो।

आइतबार बजारमा ४८ करोड २४ लाख रूपैयाँको कारोबार भएको छ। नौ मिनेटमात्रै कारोबार भएकोले अघिल्लो दिनको भन्दा कम रकमको कारोबार भएको हो। अघिल्लो दिन एक अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।

यसदिन कारोबारमा आएको सबै समूहगत परिसूचकमा वृद्धि भएको छ। जलविद्युत समूहगत परिसूचक सबैभन्दा धेरै ८.६३ प्रतिशतले बढेको छ। होटेल, वित्त र विकास बैंक, लगानी समूहको परिसूचक ६ प्रतिशतभन्दा धेरैले बढेको छ।
कारोबारमा आएको ६ कम्पनीहरूको मूल्य सबैभन्दा धेरै १० प्रतिशतको दरमा बढेको छ। रिलायन्स फाइनान्स, जोशी जलविद्युत, राप्ति हाइड्रो, शुभम पावर, कालिञ्चोक दर्शन, इन्ग्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतभन्दा बढेको हो। यसदिन २ सय ४४ वटाको कारोबार भएकोमा २ सय ३३ वटाको मूल्य बढेको छ भने ५ वटाको घटेको छ।

प्रकाशित: Dec 10, 2023| 12:39 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्