काठमाडौं- नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। नेविसंघले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिलाई ४ दिनभित्र आफ्नो क्षेत्रमा गएर काम थालनी गर्न निर्देशन दिएको छ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले १२ औं महाधिवेशन सम्पन्न गर्नका लागि जिल्ला अधिवेशन गराउन केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिएका छन्। उनले नेविसंघको विधान र नियमावली भित्र रहेर खटाइएका केन्द्रीय प्रतिनिधिहरुलाई चाडो अधिवेशन सक्न आग्रह गरेका छन्।
खटाइएको चार दिनभित्रमा तोकिएको जिल्ला पुगेर काम नगर्ने प्रतिनिधिको विकल्पमा अर्को प्रतिनिधि पठाइने महरको चेतावनी छ।
नेविसंघले १२ औं महाधिवेशन आगामी पुस २८,२९ र ३० गते गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। महाधिवेशनका लागि नेविसंघले मंसिर २२ गते विद्यालय र सीटीईभिटीको अधिवेशन, मंसिर २५ गते गाउँ तथा नगर अधिवेशन, पुस ८ गते उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालयको अधिवेशन, पुस १४ गते ७७ जिल्ला अधिवेशन र पुस २० गते प्रदेश अधिवेशन गरिसक्नु पर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४