बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पक्राउ पुर्जी जारी भएका प्रकाण्डले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटे

पक्राउ पुर्जी जारी भएका प्रकाण्डले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटे

 |  शनिबार, मंसिर २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २३, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

भेटमा यसअघिको सरकारसँग भएको सहमति, अदालतबाट जारी पक्राउ पुर्जी लगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ।

अदालतले प्रकाण्डसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरुविरुद्ध पूर्जी जारी गरेको छ। २०७६ साल असोज ९ गते दायर भएको मुद्दामा उनीहरुविद्ध पक्राउ पुर्जी जारी भएको हो। पक्राउ पुर्जी जारी भएको विरोधमा नेकपाले देशव्यापी आन्दोलन घोषणा गरेको छ।

प्रकाशित: Dec 09, 2023| 21:25 शनिबार, मंसिर २३, २०८०
प्रतिक्रिया दिनुहोस्