बुधबार, चैत १८, २०८२

‘ए’ डिभिजन लिग : मनाङको लगातार पाँचौ जित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मस्र्यादी क्लबले लगातार पाँचौ जित दर्ता गरेको छ । शनिबार हल्चोकस्थित एपीएफको खेल मैदानमा भएको खेलमा सरस्वती फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै लिगमा अपराजित यात्रा कायम राखेको हो । 

पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । मनाङको जितका लागि मिडफिल्डर अन्जन विष्ट र ओलावले आफिजले एक एक गोल गरेका थिए । यस जितसँगै मनाङले शिर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । 

खेलको ५५ औं मिनेटमा अन्जनको उत्कृष्ट गोल मार्फत मनाङले अग्रता लिएको थियो । विमल रानामगरको नियन्त्रण बाहिरको बललाई सहि सदुपयोग गर्दै अन्जनले गोल गरेका थिए । 

त्यस्तै ओलावाले आफिजले ७८ औं मिनेटमा मनाङको अग्रता दोब्बर पारे । आफिजले विमल रानामगरको लामो पासलाई उत्कृष्ट गोलमा परिणत गरे । मनाङको ५ खेलमा १५ अंक जोडेको छ । मनाङलाई रुस्लान थ्री स्टार र संकटाले १२ अंक जोड्दै पछ्याइरहेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।