शनिबार, साउन ९, २०८३

‘मिथिला पेन्टिङ’ ले सजाइँदै जनकपुर रेलवे स्टेशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम–पुरानो रेलमार्गलाई विस्थापित गरी तयार पारिएको जनकपुर–जयनगर ब्रोडगेज रेलखण्डको निर्माण करिब करिब सम्पन्न भइसकेको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको जनकपुर–जयनगर रेल यहि डिसेम्बर महिनाभित्र सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

रेल गुडाउ अन्तिम चरणको काम चलिरहेको बेला जनकपुर रेलवे स्टेशनलाई मिथिला पेन्टिङले सजाउन व्यस्त छिन्, लक्ष्मीदेवी राय अहिले । रेलबाट यात्री झर्ने बित्तिकै जनकपुरलाई पौराणिक मिथिलाको झझल्को भेटोस भन्दै लक्ष्मी दिनरात लगाएर रेलवे स्टेशनको भित्ताहरुमा मिथिला चित्रकला कोरी रहेकी छिन् ।

भारत विहारको मधुबनी घर भएकी ४२ वर्षीया लक्ष्मीलाई जनकपुर रेलवे स्टेशनका भित्ताहरुमा मिथिला पेन्टिङ कोरेर सजाउने जिम्मा भारतीय अधिकारीहरुले नै दिएका छन् ।

भवनसहित अन्य निर्माण कार्य भारतले गर्नु पर्ने सम्झौता रहेकोले जनकपुर रेलवे स्टेशनको भित्ताहरुमा ‘मिथिला पेन्टिङ’ कोर्ने जिम्मा भारत मधुबनी बस्ने लक्ष्मीलाई दिइएको हुन सक्छ । जनकपुर नजिकै रहेको भारतको मधुबनी रेलवे स्टेशनलाई पनि मिथिला चित्रकलाले यसैगरी सजाइएको छ ।

भारतले निर्माण गरेको र लक्ष्मी पनि भारतीय रहेकै कारण जनकपुर रेलवे स्टेशनमा मिथिला चित्रकला कोर्ने जिम्मा पक्कै पाएकी होइनन् । 

‘मिथिला पेन्टिङ’ को क्षेत्रमा ठुलै ख्याती कमाउन सफल भएकी छिन, उनी । ‘मिथिला पेन्टिङ’ प्रतिको लगन, मिहिनेत र संघर्षले १५ वर्ष अगाडी पटना रेलवे स्टेशनमा पहिलो पटक मिथिला चित्रकला कार्ने अवसर जुड्यो, लक्ष्मीलाई । पटना रेलवे स्टेशनमा पहिलो पटक कोरेको उनको कलाले चर्चा पाएपछि ‘मिथिला पेन्टिङ’ लाई पेशा बनाउन लक्ष्मीलाई हौस्यायो । र, अहिले यस क्षेत्रका चर्चित नाम बनेकी छिन, लक्ष्मी ।

कडा संघर्ष र मिहिनेतपछि लक्ष्मीको मिथिला चित्रकलाले चारैतर्फ चर्चा पाएपछि भारत सरकारले उनलाई राज्य पुरस्कारबाट सम्मानितसमेत गर्‍यो । भारत सरकारको तर्फबाट पुरस्कृत भइसकेपछि ‘मिथिला पेन्टिङ’ प्रति थप झुकाव बढ्यो, उनको ।

मधुबनी र पटनाको रेलवे स्टेशन झैँ जनकपुरको रेलवे स्टेशन पनि मिथिला चित्रकलाले सजाउने रहर छ, लक्ष्मीको । र, यही रहरका साथ उनी तल्लिन छिन, रेलवे स्टेशनको भित्ताहरुमा मिथिला चित्रकला कोर्न । आफूले कोरेको चित्र हेर्नासाथ मिथिला आइ पुगेको अनुभूति यात्रीलाई होस उनको चाहना छ ।

जनकपुरमै पनि ‘मिथिला पेन्टिङ’का जानकारहरु रहेपनि रेलवेका निर्माणतर्फका सम्पूर्ण काम भारतको जिम्मामा रहेकोले लक्ष्मीलाई जिम्मा दिएको हुन सक्ने रेलवेका साइट इन्जिनियर विनोद ओझा बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।