काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबारको जारी दोस्रो खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । हल्चोकस्थित एपीएफको खेल मैदानमा जारी खेलमा मनाङले सरस्वतीसँग पहिलो हाफ गोल रहित बराबरी खेलेको हो ।
निकै नै आक्रमक देखिएका दुबै टोली लगातार को जितको खोजिमा छन् । यसअघि लिगका चार खेल खेलेको मनाङ लिगमा एक्लो अपराजित टोली हो । यता सुरुवाती दुई खेलमा पराजित सरस्वति पछिल्लो दुई खेलमा विदेशी खेलाडीको आगमनसँगै बलियो रुपमा प्रस्तुत भएको छ ।
पछिल्ला दुई खेलमा देखाएको उत्कृष्ट प्रदर्शन यस खेलमा पनि सरस्वतीले प्रस्तुत गरेको छ । लिगको पहिलो खेलमा सिंकटासँग १- ले पराजित भएको सरस्वती दोस्रो खेलमा पनि हिमालयन सेर्पासँग १-० ले नै पराजित भएको थियो ।
त्यसपछिका दुई खेलमा जिनत निकालेमा सरसस्वतीले फ्रान्डस क्लबलाई ३-० र ब्रिगेड क्लबलाई २-१ ले पराजित गरेको थियो । मनाङले भने लिग कै उपाधि दाबेदारको रुपमा हेरिएको थ्री स्टार क्लबलाई २-१ ले पराजित गर्दै लिगमा सनसनि मच्चाएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४