मंगलबार, पुस १, २०८२

देशलाई एमालेको नेतृत्व चाहिएको छ : अध्यक्ष ओली

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

पोखरा- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय आकाङ्क्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताएका छन्।

National life

पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत शुक्रबार पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजित कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गरे।

अध्यक्ष ओलीले अहिले एमाले ‘मिसन–८४’ अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको बताए। उनले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै सङ्घर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए।

अहिलेको सरकारमा हुनेहरूबाट देशको लागि कुनै काम हुन नसक्ने उनले प्रष्ट पारे। ओलीले गठबन्धन सरकारको ध्यान एमालेको विरोध गर्नेमा मात्रै रहेको र देशको विकासका लागि कुनै काम गर्ने ध्यान नरहेको आरोप लगाए।

पार्टी पङ्क्ति जनताका बीचमा जाने, जनताको समस्या, गुनासा सुन्ने र समाधानका लागि पहल लिने उद्देश्यले समृद्धिका लागि सङ्कल्प यात्राको आयोजना गरिएको उनले बताए। बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको एमालेको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 08, 2023| 15:33 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्