मंगलबार, असार २३, २०८३

भारतले प्याज निर्यातमा लगायो रोक

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं- भारतले प्याज निर्यातमा प्रतिबन्धको घोषणा गरेको छ। भारतको वाणिज्य विभागले सूचना जारी गर्दै प्याज निर्यात रोक्ने जनाएको हो।

शुक्रबारबाटै यो कार्यान्वयनमा आएको छ। प्याज निर्यातमा प्रतिबन्ध झण्डै चार महिना कायम हुनेछ। मार्च अन्तिममा मात्रै प्रतिबन्धमा पुनर्विचार हुने विभागले बताएको छ।

भारत सरकारले घरेलु माग पूरा गर्न र आन्तरिक बजारमा प्याजको मूल्य कम गर्न यस्तो कदम उठाएको हो। यद्यपि, अन्य मुलुकको सरकारको आग्रहबमोजिम कोटा तोकेर प्याज निर्यातको सुविधा दिन सकिने सूचनामा जनाइएको छ।

यसअघि गत भदौमा प्याज निर्यातलाई निरुत्साहन गर्न निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाइएको थियो। प्याजको मूल्य निरन्तर बढ्दै गएपछि उक्त शुल्क लगाइएको थियो।

भारतको प्रतिबन्धले नेपाली बजारमा पनि असर पर्ने अनुमान गरिएको छ। नेपाल प्याजमा भारतमा निर्भर छ। विगतमा पनि भारतले निर्यात रोक्दा नेपाली बजार प्रभावित भएको थियो।

 

प्रकाशित: Dec 08, 2023| 12:55 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्