काठमाडौं- बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलार्इ न्यान दिलाउन नागरिक सडकमा उत्रिएका छन् । नागरिक समाजले स्वतस्फूर्त रुपमा माइतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म निर्मलाको न्याय माग्दै जुलुस निकालेका छन् ।
प्रहरीको दमनकाबीच निकालिएको र्यालीमा विभिन्न राजनीतिक दलका नेतृसहित नागरिकहरु सडकमा उत्रिएका छन् । एसिया प्यासिफिक समिटको कारण देखाएर माइतिघरमा कार्यक्रममा गर्न प्रहरीले अवरोध गरेको थियो। तर प्रहरीको अवरोधकाबीच सहभागीहरूले माइतिघर मण्डलामा भेला भएर नाराबाजी गर्दै बानेश्वर आएका छन् ।
सहभागीहरूले सरकारको भेटियो न्याय भेटिएन लेखिएका ब्यानर र पम्प्लेटहरू बोकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...