शनिबार, साउन १२, २०८१

यस्तो छ मौद्रिक नीतिको पहिलो समीक्षा [पूर्णपाठ]

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो समीक्षा गर्दै सेयर धितो ऋणलाई सहजीकरण गरेको छ। साथै रियलस्टेट ऋणमा पनि लचकता अपनाएको छ।

triton college

राष्ट्र बैंकले रियलस्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरिदिएको छ। ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाइएको छ। ५० प्रतिशतको अनुपातलाई बढाएर ६० प्रतिशत पुर्याइदिएको हो। यसले निर्माण क्षेत्र चलायमान बनाउन मद्दत गर्नेछ।

घर कर्जालाई प्रवर्द्धन गर्न विशेष स्किम ल्याएको छ। शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै २०८० कात्तिकको भूकम्पले क्षतिग्रस्त घरहरुलाई कर्जा सुविधाको ब्यवस्था गरेको छ। २५ लाख रुपैयाँसम्मको आवासीय घरकर्जामा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम लिन नपाउने ब्यवस्था गरेको हो।

राष्ट्र बैंकले बजारको ब्याज दर घटाउने गरी नीतिगद दरहरु संशोधन गरेको छ। राष्ट्र बैंकले बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको छ। नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ। साथै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ। राष्ट्र बैंकले ब्याज दर घटाउन पहल गरेको हो। अब बैंकहरुले ब्याज थप घटाउने छन्।

बिहीबार मात्र अर्थमन्त्री डा. प्रकाश शरण महतले गभर्नर महाप्रसाद अधिकारीसहित सञ्चालक समितिका सदस्यहरुलाई बोलाएर यसपाली लचकता अपनाइदिन आग्रह गरेका थिए। बजार चलायमान बनाउन राष्ट्र बैंकले मौद्रिक र नियामकीय दुवै पक्षलाई समेटेर समीक्षा गरेको छ।

Metro Mart
vianet

प्रकाशित: Dec 08, 2023| 11:25 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्