बिहीबार, कात्तिक २७, २०८२

चितवनमा १० प्रतिशत घट्यो धान उत्पादन

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

चितवन- चितवन जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ। यहाँ २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। त्यसमा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन धन उत्पादन भएको छ।

National life

यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ। प्रतिहेक्टर चार दशमलव २६ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ।

गत वर्ष २७ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। त्यसमा एक लाख २४ हजार सात सय ६२ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका योजना अधिकृत उमराज अर्यालले जानकारी दिए।

सो वर्ष उत्पादकत्व चार दशमलव छ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको थियो। उनका अनुसार गत वर्षको तुलनामा यसवर्ष १२ हजार पाँच सय ७२ मेट्रिकटन धान उत्पादन घटेको हो। धान रोप्ने समयमा वर्षात् नहुनु र धानमा रोगकीरा लाग्नुका कारण यसवर्ष उत्पादनमा कमी आएको अर्यालले बताए।

उनले भने, ‘समयमा पानी पर्न नसक्दा पहिलाको तुलनामा कम क्षेत्रफलमा धान रोपाइँ भयो, त्यससँगै बीउमा कीरा लाग्ने र धान उत्पादन हुने समयमा रोग लाग्ने समस्या आयो, जसका कारण उत्पादनमा कमी भयो।’

Laxmi sunrise bank
kumari

समयमा वर्षात् हुन नसक्दा पश्चिम चितवनका सबै क्षेत्रमा रोपाइँ हुन नसकेको उनले जानकारी दिए। धानको उत्पादन हुने समयमा कालो पोके, घाँटी मरुवा, गवारो जस्ता समस्या देखिएको उनले बताए।

प्रकाशित: Dec 07, 2023| 22:23 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्