शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मेस्सीलाई पछि पार्दै ‘वर्षको उत्कृष्ट प्ले मेकर अवार्ड’ मोड्रिचलाई

मेस्सीलाई पछि पार्दै ‘वर्षको उत्कृष्ट प्ले मेकर अवार्ड’ मोड्रिचलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- क्रोएसिया तथा स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिकले सन् २०१८ का लागि वर्षको उत्कृष्ट प्ले मेकर खेलाडीको अवार्ड जितेका छन् । रसिया विश्वकपमा क्रोएसियालाई फाइनलसम्म लैजान र गत वर्ष रियल मड्रिडलाई युरोपियन च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

हरेक बर्ष इन्टरनेसनल फेडेरेसन अफ् फुटबल हिस्टोरी एन्ड स्टाटिस्टिकसले प्रदान गर्दै आएको उक्त अवार्ड क्रोएसियन खेलाडी मोड्रिकले पहिलो पटक जितेका हुन् । उनले बार्सिलोना तथा अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । 

मेस्सीले पछिल्ला तीन वर्ष लगातार यो अवार्ड जितेका थिए । यो अवार्डका लागि मोड्रिकले सर्वाधिक २७३ अंक पाए । उनले मेस्सीलाई १२८ अंकले पछि पारेका हुन् । मेस्सीको १४५ अंक रहेको छ । 

मोड्रिक र मेस्सीपछि तेस्रो नम्बरमा चेल्सी तथा बेल्जियमका इडेन हाजार्ड रहेका छन् । उनको ११४ अंक छ । त्यसपछि क्रमशः म्यानचेस्टर सिटीका केभिन डि ब्रुयाने (३६), पिएसजीका नेइमार (१८) युनाइटेडका पाउल पोग्बा (१४), टोटनह्यामका क्रिस्टियन एरिक्सन (१०), युभेन्टसका मिरेलाम प्याजनिक (७), बार्यन म्युनिखका जेम्स रोड्रिग्वेज (७), युभेन्टसका क्रिस्टियानो रोनाल्डो (५), रियल मड्रिडका इस्को (३) रहेका छन् ।

यो अवार्ड जितेका मोड्रिकले यसअघि युरोपको सर्वश्रेष्ठ खेलाडीको अवार्ड र फिफा वर्ष खेलाडीको अवार्ड पनि जितेका थिए । त्यसपछि उनले ‘गोल ५०’ अवार्ड पनि जितेका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।