बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • विवादित एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी

विवादित एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौँ- विवादित एसिया प्यासिफिक सम्मेलन शनिबार काठमाडौंमा सुरु भएको छ। 

युनिभर्सल पिस फेडरेसनको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्।

राजधानीको ह्यात रिजेन्सी होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन आधा दर्जन मुलुकका राष्ट्र-सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु सहभागी छन्। 

क्रिश्चियन धर्म प्रचारको कार्यक्रममा सरकार सहआयोजक भएको र राजकीय सम्मान प्रदान गरिएको भन्दै चौतर्फी विरोध र आलोचना भइरहेको छ। कार्यक्रम संयोजक नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल रहेका छन्। 

सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ। सम्मेलनको अन्त्यमा काठमाडौँ घोषणापत्र जारी हुनेछ। 

यो पनि पढ्‍नु्होस्, 
एसिया प्यासिफिक समिटको पर्दापछाडि क्रिस्चियन प्रचारको डिजाइन

उद्घाटन सत्रपछि ‘शान्ति, विकास, सुशासन र सांसदहरुको भूमिका’, ‘आस्थामा आधारित सङ्गठन र नागरिक समाजको भूमिका’, ‘जलवायु परिवर्तन’, ‘वर्तमान समयको महत्वपूर्ण चुनौती समाधान गर्न सञ्चारमाध्यमको भूमिका’ र ‘विश्वव्यापी शान्ति प्रक्रिया तथा शान्ति परियोजना’ विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने आयोजकले जनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।