बुधबार, चैत १८, २०८२

किरण माल्दिभ्सको धिवेही प्रिमियर लिगको सर्वोकृष्ट गोलकिपर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिग फुटबलमा लिगका सर्वोकृष्ट गोलकिपर चुनिएका छन् । किरणको उच्च प्रर्दशन कै कारण टिसी स्पोर्ट्सले पहिलो पटक धिवेही प्रिमियर लिग फुटबलको उपाधि उचालेको हो ।  

शुक्रबार भएको खेलमा न्यु रेडियन्ट र ग्रिन ब्वाईजले ४-४ गोलको बराबरी खेलेसँगै एक खेल अगावै टिसी स्पोर्टसले लिग उपाधि जितेको हो । लिग चरणको अन्तिम खेलमा टिसी स्पोर्टसले क्लब ईगलसँग ४-४ गोलको बराबरी खेलेको थियो ।

 किरणको टोलीले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अंक जोड्दै लिग उपाधिमाथि कब्जा जमाएको हो । अन्तिम चरणको खेलसम्म पनि दोस्रो स्थानको माजियाले टिसीलाई चुनौती दिएको थियो । 

अन्तिम चरणको खेलमा माजिया र न्यु रेडीयन्टले ४-४ को बराबरी खेलेपछि टिसी आफ्नो अन्तिम खेल अगाडी नै विजेता हुने पक्का भएको थियो । माजियाले १६ खेलमा ३८ अंक जोड्दा टिसीले ४० अंक जोड्दै उपाधि जित्यो ।

किरणले गतवर्ष मिन्नरेभा पन्जाबबाट खेल्दै भारतको आई लिग उपाधि पनि जितेका थिए । नेपालमा हुँदा रुस्लान थ्री स्टारबाट राष्ट्रिय लिग जितेपछि विदेश लागेका किरणले टिसी स्पोर्ट्सबाटै दुई वर्षअघि बंगलादेशमा सम्पन्न शेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि पनि जितेका थिए । 

किरणले राष्ट्रिय टोलीलाई एएफसी सोलिडारिटी कप जिताउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।