शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्दर्भ- विश्व एड्स दिवस : ४४५ एचआइभी संक्रमितको पहिचान

सन्दर्भ- विश्व एड्स दिवस : ४४५ एचआइभी संक्रमितको पहिचान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
हेटौंडा- प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स संक्रमित फेला परेका छन्। विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। 

निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा राजेन्द्र गिरीले सन् २०१७ मा प्रदेश नं ३ मा पुरुष २४१, महिला १८६ र तेस्रोलिङ्गी १८ जना सङ्क्रमित पहिचान भएको जानकारी दिए। अन्य प्रदेशमा भन्दा ३ नं मा एआरटी सेवन गर्ने सङ्क्रमित बढी छन्। 

यस प्रदेशमा चार हजार ५१२ जनाले नियमित एआरटी सेवन गरिरहेका छन्। 'सन् २०१० को तुलनामा २०१७ मा ६१ प्रतिशतले सङ्क्रमण घटेको छ, ६३ प्रतिशत बच्चाहरुमा हुने सङ्क्रमणमा पनि कमी आएको छ', जनस्वास्थ्य प्रशासक डा गिरीले भन्नुभयो, “एड्सका कारण मृत्यु हुने संख्या पनि २३ प्रतिशतले कमी आएको छ, यो हाम्रा लागि उपलब्धि हो।'

स्वास्थ्य निर्देशक डा यदुचन्द्र घिमिरेले सङ्क्रमण अझै घटाउँदै लैजानुका साथै महामारीलाई सन् २०३० सम्म अन्त्य गर्ने लक्ष्य रहेको बताए। 'नेपाल दिगो विकास लक्ष्यअनुरुप एचआइभी एड्स सङ्क्रमण न्यूनीकरण सबै उपाय अपनाइरहेको छ', उनले भने, 'विश्वमा एचआइभी सङ्क्रमणको दर बढ्दै गए पनि नेपालमा वर्षेनी कम हुँदै आएको छ।'

‘एचआइभी जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने मूल नाराका साथ यस वर्ष आज डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइँदैछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।