एजेन्सी- यतिबेला विश्व फुटबल जगत्मा केलियन एमबाप्पेलाई नचिन्ने विरलै होलान् । गत विश्वकप फुटबलमा प्रान्सलाई विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका कलिला यी खेलाडीको हँसिलो मुहार निकै आकर्षक त छ नै साथै मैदानमा उनले देखाउने खेलकौशलको फुटबलका हरेक पारखी प्रशंसा गर्न चुक्दैनन् ।
एमबाप्पेले पछिल्लो समयमा जो एएस बन्डी, आइएनएफ क्लेयर-फ्यन्टेन र मोनाकोबाट उदाउँदो युवा स्टारका रूपमा खेल्दै आफूलाई विश्व फुटबलजगत्मा चिनाएका छन् । उनले आफ्नो व्यावसायिक फुटबल यात्रासँगै आफूमा भएको फुटबल खुबीलाई यिनै क्लबबाट थप उचाइमा पुयाएका हुन् ।
सन् १९९८ मा फ्रान्समा जन्मिएका एमबाप्पे अहिले फ्रान्सेली राष्ट्रिय टिमका फर्वाडर छन् । एमबाप्पेले आफ्नै बुवा विलफ्रिडबाट प्रशिक्षण लिई फुटबल खेलमा लागेका हुन् । त्यसपछि उनले क्लेयरफोन्टेन एकेडेमीबाट प्रशिक्षण लिए ।
एकेडेमीमा गरेको राम्रो प्रदर्शनमा कारण उनलाई रियल म्याड्रिड र भ्यालेन्सियाजस्ता क्लबले बोलाएका थिए । तर एमबाप्पेले इंग्लिस क्लब चेल्सीका लागि प्रशिक्षण सुरु गरे । ११ वर्षको उमेरमा चार्लटनविरुद्ध क्लब स्तरको पहिलो खेल खेलेका एमबाप्पेले मोना टिम ‘बी’ बाट खेल्न थालेका थिए ।
मकावको लिग १ फुटबल क्लबबाट व्यावसायिक फुटबल यात्रा थालेका एमबाप्पे फ्रान्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा आबद्ध छन् । गत सिजनमा उनी मोनाको लिग १ फुटबल क्लबबाट पिएसजी पुगेका थिए । उनी पिएसजी पनि अग्रपंक्तिबाटै खेलिरहेका छन् । उनी पिएसजीको कुनै पनि खेल नछुट्ने प्रभावशाली खेलाडीमा दरिएका छन्।
सन् २०१६-२०१७ मै उनले लिग वनमा आफूलाई स्थापित गरिसकेका थिए । त्यो सिजनमा उनी निकै चर्चामा आए । उनको राम्रो प्रदर्शनबाट प्रभावित पेरिस सेन्ट जर्मनले उनलाई एक सय ८० मिलियन युरोमा अनुबन्ध गरेको हो । एमबाप्पेको अन्तर्राष्ट्रिय खेल जीवनको सुरुवात २०१७ मा फ्रान्सको राष्ट्रिय टिमबाट भएको हो । त्यसअघि उनी अन्डर-१८ र अन्डर-१९ स्तरको टिमबाट खेल्थे ।
एमबाप्पेले २०१५-२०१६ को सिजनमा पहिलो खेल मोनाको सिनियर टोलीबाट लिग वानमा २ डिसेम्बरमा खेलेका थिए । उनले लिग वानमा आफ्नो पहिलो खेल घरेलु मैदानमा एसएम केनविरुद्ध खेलेका थिए । उनी त्यतिबेला खेलको ८८ औं मिनेटमा फबियो कोत्रावको प्रतिस्थापनमा मैदान छिरेका थिए ।
उनले खेलेको पहिलो खेल १-१ को बराबरीमा रोकिएको थियो । एमबाप्पे मोनाबाट १६ वर्षको उमेरमा ३४७ दिन खेल्ने पहिलो खेलाडीका रूपमा कीर्तिमान कायम गर्न सफल भए । उनले हेनरीले २१ वर्षअघि बनाएको कीर्तिमान तोडेका थिए ।
एमबाप्पेले २० फेब्रअरी २०१६ मा क्लबका लागि पहिलो गोल गरे । उक्त लिग वान खेलमा मोनाको ३-१ ले विजय भएको थियो । यो गोलसँगै उनी सबैभन्दा कान्छो उमेर ((१७ वर्ष ६२ दिन) मा गोल गर्ने मोनाकोको इतिहासमै पहिलो खेलाडी बने । त्यसपछि एमबाप्पेले ६ मार्च २०१६ मा क्लबमा आफ्नो पहिलो व्यावसायिक अनुबन्धनमा हस्ताक्षर गरे । जहाँ उनले मोनाकोसँग तीन वर्षको अनुबन्ध गरेका थिए ।
उनले २०१६-१७ को सिजनमा २०१६ डिसेम्बर १४ मा स्टेड रिनेइसविरुद्धको खेलमा आफ्नो खेलजीवनमा पहिलो ह्याट्रिक गरेका थिए । उक्त खेलमा मोनाकोले सस्टेडलाई ७-० ले पराजित गरेको थियो । उनले २०१७-१८ को सिजन लोनमा पिएसजीबाट खेले । पिएसजीबाट ४४ खेलमा २१ गोल गरे । चालु यस सिजनमा उनी निकै लयमा देखिएका छन् । उनले लिग नवाका नौ खेलमा ११ गोल गरिसकेका छन् । पिएसजीबाट सबैखाले १३ खेलमा १३ गोल गरेका छन् ।
रुस विश्वकप २०१८ उनको पहिलो विश्वकप हो । विश्वकपको समूह ‘सी’ मा रहेको प्रान्सले समूह चरणको पेरुविरुद्ध खेलेको थियो । उक्त खेलमा एमबाप्पेले विश्वकप फुटबलमा पहिलो गोल गरे । योसँगै १९ वर्षको उमेरमा फ्रान्सबाट विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाउन उनी सफल भए ।
नकआउट चरणको अर्जेन्टिनाविरुद्धको खेलमा उनी म्यान अफ दी म्याच भए । उक्त खेल फ्रान्सले ४-२ ले जित्दा उनले दुई गोल गरेका थिए । अर्जेन्टिनाविरुद्ध दुई गोल गरेका एमबाप्पेले अर्को कीर्तिमान कायम गरे । जुन १९५८ मा पेलेले युवा उमेरमा विश्वकपमा दुई गोल गरेका थिए ।
विश्वकपको फाइनलमा गोल गर्दै उनले पेलेसँगको अर्को रेकर्डसँग बराबरी गरे । यसअघि पेलेले युवा अवस्थामा विश्वकपको फाइनलमा गोल गर्ने पहिलो खेलाडीको रेकर्ड बनाएका थिए । रुस विश्वकपमा चार गोल गरेका एमबाप्पेले फिफा विश्वकप युवा खेलाडी अवार्ड पनि जितेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४