शनिबार, साउन ९, २०८३

अलास्कामा ७ म्याग्‍नीच्यूडको भुकम्प, ४० बढी पराकम्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
अलास्का- अलास्कामा ७ म्याग्गनीच्यूडको भुकम्प गएको छ। अमेरिकी भुगर्भ अनुसन्धान केन्द्र (युएसजिएस) का अनुसार  स्थानीय समय ८ बजेर २९ मिनेटमा भुकम्पमा गएको हो। भुकम्पमा मानवीय क्षति भने नभएको जनाइएको छ। 

अलास्काको प्रमुख सहर एन्कोरेगबाट ११ किलोमिटर उत्तरतर्फ केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो। भुकम्पको केही मिनेटपछि ५ दशमलव ७  म्याग्नीच्यूड पराकम्प गएको थियो। भुकम्पपछि ४० भन्दा बढी पराकम्पहरु गएका छन्। एन्कोरेग सहरमा करिब तीन लाख मानिसहरु बसोबास गर्छन् भने एक लाख मानिस सहर आसपास बसोबास गर्छन्। 

अलास्काका सरकार प्रमुख बिल वाकरले विपद्को घोषणा गरेका छन्। उनले तत्काल राहत र उद्धारका लागि पहल भइरहेको बताएका छन्। अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काका जनतालार्इ ठूलो धक्का लागेको ट्वीटमार्फत जनाएका छन्। उनीहरुलार्इ तत्काल राहत उद्धार गरिनुपर्नेमा उनले जोड दिएका छन्। 

भूकम्पले भौतिक संरचनाहरु, सडक तथा पुलमामा भने ठूलो क्षति पुर्‍याएको छ। अधिकारीहरु आफ्नो क्षेत्रमा कोही समस्यामा परेको भए सामाजिक सञ्‍जालको प्रयोग तथा फोन सम्पर्क गरेर तत्काल उद्धार गर्न आग्रह गरेका छन्। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।