शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिमाली भेगमा हिमपात, जुम्लाको तापक्रम माइन ३ मा झर्‍यो

हिमाली भेगमा हिमपात, जुम्लाको तापक्रम माइन ३ मा झर्‍यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- हिमाली भु-भागका केही स्थानहरुमा हिमपात सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शनिबार जुम्लाको न्यूनतम तापक्रमा माइनस ३ डिग्री सेल्सियसमा झरेको छ। 

शुक्रबार जुम्लाको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस थियो। शुक्रबर ३ दशमलव ५ डिग्री मापन गरिएको जिरीको तापक्रम शनिबार २ डिग्री सेल्सियस पुगेको छ। 

जोमसोमको तापक्रम शनिबार ३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ। शुक्रबार जोमसोमको तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो। दिपायल, विरेन्द्रनगर, ओखलढुंगा र लुम्लेको तापक्रम समान ८ डिग्री मापन गरिएको छ। 

शुक्रबार न्यूनतम तापक्रम ८ दशमलव ८ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम शनिबार बिहान ७ दशमलव ४ डिग्री सेल्सियस रहेको छ। 

डडेल्धुराको तापक्रम ६ दशमलव ९ डिग्री सेल्सियस छ भने ताप्लेजुङको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ। 

आज दिउँसो देशको पहाडि भू-भागमा आंशिक बदलि रहने तथा अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ| महाशाखाका अनुसार उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का हिमपातको हुनेछ। साथै पूर्वी पहाडि भू-भागका १-२ स्थानमा क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौंमा आज बिहान सूर्योदय ६ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त बेलुका ५ बजेर ९ मिनेटमा हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।