शनिबार, वैशाख २७, २०८२

शिवम् होल्डिङ्सले आईपीओ निष्काशन गर्ने

 |  मंगलबार, मंसिर १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

vianetvianet

शिवम् सिमेन्ट्सको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङ्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ।

triton college

जारी पूँजी रु. ५ अर्ब ८० करोडको २० प्रतिशत बराबर हुने रु. १०० का दरको १ करोड १६ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुका लागि निष्काशन गर्न प्रक्रिया अघि बढाएको हो। 

यसैक्रममा शिवम् होल्डिङस् संचालक समितिका अध्यक्ष शिवरतन शारदाको उपस्थितीमा सिद्धार्थ क्यापिटल लिमिटेडसंग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौताभएको हो।
  
शिवम् होल्डिङस् २०७१ सालमा प्रालि कम्पनी अन्तरगत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा नियमानुसार परिणत भएको हो। 

नेपालको सबैभन्दा ठूलो सिमेन्ट तथा किलङकर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग, जुन उद्योगले वेष्ट हिटको उपयोग गरि करिव १२ मेगावाट विद्युत समेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको छ। 

शिवम् होल्डिङग्सको अधिकृत तथा जारी पूँजी रु. ५ अर्व ८० करोड मध्ये संस्थापकहरुतर्फ ८० प्रतिशत अर्थात रु. ४ अर्व ६४ करोड र सर्वसाधारण तर्फ रु. १ अर्व १६ करोड शेयर पूंजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो।

National life insurance

यस कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत शेयर लगानी करिव ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा सफल रहनु भएका व्यक्तिहरुको व्यक्तिगत करिव १५ प्रतिशत शेयर लगानी रहेको छ। 

यस कम्पनीले आफ्नो शेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्ष देखि मुनाफा समेत प्राप्त गरेको छ। 

शेयर जारी गरी सर्वसाधारणबाट संकलन हुने प्रिमियम मूल्य सहितको रकम अन्य उपयुक्त परियोजनाहरु जस्तै हाइड्रोपावर, बैंक वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजना तथा अन्य उद्योग लगायतका क्षेत्रमा समेत शेयर लगानी विस्तार गर्ने योजना रहेको कम्पनी सचिव लेखनाथ अर्यालले जनाएका छन्। 
 

प्रकाशित: Dec 05, 2023| 12:30 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्