बुधबार, असार २४, २०८३

शिवम् सिमेन्ट्सद्वारा विद्यालयलाई सहयोग

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

शिवम् सिमेन्ट्सले मकवानपुरस्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा भरतपुर १५ मंगलपुर चितवनस्थित विश्व प्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग वितरण गरेको छ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो स्कुल बस तथा स्कुल व्यागहरू वितरण गरेको जनाएको छ। कम्पनी प्रतिनिधिले विगतका दिनहरूमा पनि उद्योग सञ्चालित क्षेत्रका विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री वितरण, शैक्षिक छात्रवृत्तिहरूको स्थापना र न्यानो कपडा वितरण जस्ता कार्य गर्दै आइरहेको बताएको छ।

यसै सिलसिलामा कम्पनीले लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठनपाठन गर्न थप हौसला मिलोस् भन्ने अभिप्रायले स्कुल ब्याग वितरण गरेको जनाएको छ।
 

प्रकाशित: Dec 05, 2023| 12:28 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्