आइतबार, साउन १०, २०८३

सर्लाहीमा सशस्त्रको जीप दुर्घटना, ६ जना घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सर्लाही- सर्लाहीमा सशस्त्र प्रहरीको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

नवलपुर-मलंगवा सडकखण्ड अन्तर्गत ढग्रा पुलमा शुक्रबार  साँझ ना १ झ ६९३ नम्बरको टाटा पिकअप जीप  पुलमा ठोक्किएको सशस्त्र प्रहरीका उपरीक्षक समरबहादुर श्रेष्ठले जानकारी दिए। 

दुर्घटनामा परि घाइते हुनेहरुमा जीपका चालक सशस्त्र प्रहरी जवान उपेन्द्र गुरुङ, वरिष्ठ हवल्दार रामपुकार राय यादव, सशस्त्र प्रहरी जवान पूर्णबहादुर पौडेल, जवान रविन्द्र चौधरी छन्। 

घाइतेलाई उपचारका लागि वीरगंज पठाइएको छ। कविलासीको गैर चोकस्थित चेक प्वाइन्टको ड्यूटी टोलीलाई पालो दिन  सशस्त्र प्रहरी बेस क्याम्प फरहद्वाबाट सुरक्षाकर्मी बोकेर आउँदै गरेको  जीप दुर्घटनामा परेको हो। जीप पुरानो  भएकाले स्टेरिङ्ग फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।