शनिबार, चैत ११, २०७९

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

बुटवल– लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ। 

National life insurance

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले शुक्रबार सूचना जारी गर्दै बिशेष अधिवेशन अन्त्य भएको जनाएका हुन्। प्रदेश प्रमुख अमिक शेरचनद्वारा जारी गरिएको बिशेष अधिवेशन मध्यान्ह १२ बजेबाट अन्त्य भएको प्रदेशसभा सदस्यहरुलाई सचिव पुनले जानकारी गराए। 

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी गत साउन १९ गते चार दलका  ३४ जना सांसदहरुले प्रदेश प्रमुख समक्ष बिशेष अधिवेशन माग गरेका थिए। चार दलीय गठबन्धनको माग अनुसार प्रदेश प्रमुख शेरचनले साउन २७ गते प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका थिए। 

निवर्तमान पोखरेलले भने बिशेष अधिवेशन छलेर पदबाट राजीनामा दिएका थिए। चार दलको गठबन्धनबाट कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रकाशित: Aug 13, 2021| 09:01. 03 शुक्रबार, साउन २९, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।