आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  •  बिहानी अपडेट : साथ खोज्दै सूकी र हुन सेन, एक वडा एक हेलिप्‍याड

 बिहानी अपडेट : साथ खोज्दै सूकी र हुन सेन, एक वडा एक हेलिप्‍याड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल समयले शनिबार बिहानसम्म भएका घटना तथा सूचनाहरको संगालो बिहानी बुलेटिन सार्वजनिक गर्ने गरेको छ। जसमा रातिभरी भएका गतिविधि र शनिबार प्रकाशित पत्रपत्रिकाका सामाग्रीहरु समावेश गरिएका छन्।

साथ खोज्दै सूकी र हुन सेन शिर्षकमा अन्नपूर्ण पोस्टले समाचार छापेको छ। एसिया प्यासिफिक सम्मेलनमा भाग लिन आएकी म्यानमारकी विदेशमन्त्री आङसाङ सूकीले विश्‍वमञ्‍जमा नेपाललार्इ आफ्नो पक्षमा पार्न पहल गरेकी छन्। कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पनि विश्‍वमञ्‍चमा नेपालको साथ खोजेका छन्। 

उनीहरुले औपचारिक छलफलमात्र होइन, दुर्इपक्षिय सम्झौतासमेत गरी विश्वमञ्‍चमा नेपालको साथ चाहेका हुन्। हुन सेन र सूकीले बेग्‍लाबेग्लै दुर्इपक्षिय शिष्टाचार भेट पनि गरेका छन्। दुर्इ अहिले विवादित पात्र हुन्। 

त्यसैगरी अन्नपूर्ण पोस्टमा गार्इ भैसी पाल्‍नेका दिन आए शिर्षकमा समाचार छ। यसमा लेखिएको छ, 'महोत्तरीको कान्तिबजार, भरतपुर, कालिपुर, बटौवाका किसानले सहकारीमा दूध बेचेर १७ लाखभन्दा बढी रुपैयाँ भित्र्याए। यसरी गार्इभैसी पालेर मनग्य आम्दानी गर्न सकिने भएको छ। 

८औ प्रतिशत शिक्षक 'हाटा' शिर्षकको समाचार पनि अन्नपूर्ण पोस्टमा खबर छ। बोलीचालीमा सरकारी कर्मचारीबीच एक शब्द चर्चित छ, हाटा। जसको अर्थ हो हाजिर लगाउने टाप कस्ने। यस्तै ८० प्रतिशत हाटा रहेको खबर अन्नपूर्ण पोस्टमा छ।

शनिबार प्रकाशित कान्तिपुर दैनिकले एक वडा एक हेलिप्याड शिर्षकमा समाचार छापेको छ। आपतकालिन खोज र उद्धारका लागि म्याग्दीमा एक वडा एक हेलिप्‍याड बनाउने भएको छ। अधिकांश बस्तीमा सडक नपुगेको र पुगेपनि वर्षाका बेलामा गाडी चल्‍न सक्ने अवस्था नभएकोले यस्तो योजना सुरु गरिएको बताइएको छ।

जिल्लाका सबै बस्ती बाढी पहिरोको उच्च जोखिममा छन्। विपद्‍मा खोज, उद्धार र राहत सामाग्री पुर्‍याउन कम्तिमा एक वडा एक एमआर्इ-१७ हेलिकप्टर ल्यान्ड गर्न मिल्ने हेलिप्याड बनाउन सुरु गरिएको हो। योजनाको सुरुवात रघुगंगा गाउँपालिकाबाट सुरु गरिएको हो।

पोस्टर टाँस्दा १२ पक्राउ, निर्मलाको विषयमा राष्ट्र संघले अनुगमन गर्ने, नेपाल आयल निगमका कार्यकारी निवर्तमान निर्देशक गोपाल खड्काविरद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति मुद्दाको तयारी गरेको छ। बालक अपहरण र हत्या, इबी साध्‍न फिरौती उठाउने प्रकारको अपराधिक प्रवृतिमा वृद्धि भइरहेको बताएका छन्। 

त्यसैगरी आजको नागरिक दैनिकमा अति विशिष्ट पाहुना काठमाडौंमा शिर्षकमा समाचार छापेको छ। नेपालमा जारी एसिया प्यासिफिक सम्मेलनमा भाग लिन म्यानमार, कम्बोडिया, तायरो, तुभालो, फिलिपिन्स, नौरुका राष्ट्रप्रमुख तथा अति विश्ष्ट पाहुनाहरु नेपाल आइसकेको आयोजक युनिभर्सल पिस फेडेरेसनले जनाएको छ। 

डिपिआरबिनै फास्टट्रयाक शिर्षकको समाचार पनि नागरिक दैनिकमा छ। तरार्इ-मधेस द्रुतमार्ग निर्माण विस्तृत अध्ययन प्रतिवेदन विना नै अघि बढाइएको छ। फास्टट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्रयाक खोल्‍ने काम गरिरहेको छ। 

अंगदान जिवनदान शिर्षकमा नयाँ पत्रिका दैनिकले समाचार छापेको छ। नेपालका चर्चित व्यक्तिहरुले अंगदान गर्न थालेपछि अन्यमा आकर्षण बढीरहेको छ। केही भारतीयहरु पनि अंगदानका लागि नेपाल आउने गरेका छन्। मृत शरिरबाट छाला, आँखा, मिर्गौला, फोक्सो, प्याङक्रियाज, मुटु, कलेजो र सानो आन्द्रा दान गर्न सकिन्छ। 

सरकारले सुरु गरेकव डिजिटल नेपाल नारालार्इ सार्थ बनाउन नेपालका एक सयभन्दा स्थानीय तहले मोबाइल एप सन्चालनमा ल्याएका छन्। यसमा विशेष गरी स्थानीय सरकार सक्रिय रहेका छन्। संघीय र प्रादेशिक तहमा पनि डिजिटल प्रविधिको प्रयोग गरी  सूचनालार्इ चु्स्त दुरुस्त बनाउन काम भइरहेको खबर नयाँ पत्रिका दैनिकमा छ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।