सोमबार, मंसिर २९, २०८२

ललितपुरमा खुल्यो सातदोबाटो नेपाली जुत्ताघर

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ। स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामूहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाचौं शोरुम हो।

National life

सामूहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले गरे। साथै नेपाली जुत्ता उत्पादक उद्योगीहरूको समूहलाई सामूहिक शोरुमको सफलताका लागि शुभकामना व्यक्त गरे। उनले नेपाली उत्पादनको प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने र नीतिगत रूपमा सिंगो उत्पादन क्षेत्र अघि बढाउन महत्वपूर्ण भूमिका निभाउने कुरा बताए। साथै उद्योगमार्फत

रोजगारी सिर्जना गरी आर्थिक रूपमा योगदान पुर्‍याएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरूलाई धन्यवाद ज्ञापन गरे।
यसअघि पोखरा, बुटबल, जनकपुर र न्यूरोडमा चारवटा सामूहिक शोरुमको उद्घाटन गरिसकेको छ। यस शोरुममा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क हुने हुँदा ग्राहकको रुची र चाहना अनुरुपका उत्पादन बजारमा ल्याउन सहज हुने उद्योगीहरूको विश्वास रहेको छ।

साथै विभिन्न व्यापारीक च्यानलमार्फत बजारमा उत्पादन पठाउँदा बस्तुको मूल्यवृद्धि हुने र यसले उत्पादक र उपभोक्ता दुबै पक्ष मारमा पर्ने भएकाले सामूहिक शोरुमको यस अवधारण अन्तर्गत ग्राहकले कम मूल्यमा गुणस्तरीय सामानहरू प्राप्त गर्ने नेपाली जुत्ताघरले दाबी गरेको छ। 

सातदोबाटो नेपाली जुत्ता घरमा विएफ डियर हिल र वीएफ स्पोट, रोयल शुज, फस्टवाक शुज, क्रस रोड शुज, डि.जे. शुज, कोसेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरू आकर्षक छुटमा उपलब्ध छन्‌। उद्योगीहरूको यस समूहले आगामी दिनमा देशभरका विभिन्न स्थानहरूमा नयाँ शोरुमहरू खोल्ने र उपभोक्ताहरूलाई गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउने जानकारी दिएको छ।

Laxmi sunrise bank
kumari

उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारी सदस्य, बर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरूको उपस्थिति थियो।

प्रकाशित: Dec 05, 2023| 07:55 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्